संक्षिप्तमा ढोग गर्ने विधि
संक्षिप्तमा ढोग गर्ने विधि
बौद्ध धर्म परम्परा अनुसार ढोग गर्नु अघि छ्योगसिङको भावना गर्नु पर्छ । छ्योगसिङ आफ्नो सामुन्ने आकाशमा भगवान बुद्ध, बोधिसत्वगण, डाका (पवो) डाकिनी (खाण्डोमा), इष्टदेव (ह्यिदाम) छ्येक्युङ सुङमा (धर्मपाल) सबै साक्षात विराजमान हुनु भएको भवना गरेर ढोग गर्नु पर्छ । हामीले यसरी स्मरण गर्न तत्कालै उहाँहरु हाम्रो अघि आउनु हुनेछ तर हाम्रो बाहिरी आँखाले उहाँहरुका दिव्य स्वरूप देख्न सक्दैनौं । ज्ञानको आँखाले मात्र उहाँहरुका दिव्य स्वरुप दर्शन पाउँन सकिन्छ । हामी अपवित्र प्राणीले शुद्ध पवित्र बोधिसत्वहरुका दर्शन पाउन सक्ने छैनौ । साक्षात दर्शन प्राप्त नभएता पनि उहाँहरु सम्मुख उपस्थित हुनुहुन्छ यसमा किञ्चित मात्रमा पनि सन्देह छैन ।
बौद्ध धर्म परम्परा अनुसार ढोग गर्दा आफ्नो दाहिने तर्फ पिता, देब्रे तर्फ माता, सामुन्ने आफूलाई दुख दिने शत्रुहरु, ग्रह दशा,आफुलाई कष्ट दिने तथा विघ्न बाधा पुर्याउने वरिपरि आफ्नो इष्ट मित्रहरु षष्ट गतिका सम्पूर्ण प्राणीहरु (डोवा रीग डुग) सबै दुईहात जोडी आफू संग संगै ढोगी रहेको भावना गर्नुपर्छ । यसरी ढोग गर्दा लगातार शरण गमनको मन्त्र जप्नु पर्छ । जब सम्म बोधिचित्त उत्पन्न हुँदैन तब सम्म म र मेरा माता–पिता स्वरुप सबै प्राणीहरु त्रिरत्नको शरणार्थी छौं दुख वा संकट जस्तै आई लागेता पनि तपाई त्रिरत्नले नै बुझी दिनोस यस भवसागरबाट मुक्त गराई दिनोस भनी काय, वाक र चित्तले ढोग गर्दै आफूलाई समर्पित गर्नुपर्छ ।
ढोग गर्दा यसको नियम ठिक ढंगले पालन गरेर ढोग गरे पछिल्लो जन्ममा ठूलो पुण्य फल प्राप्त हुनेछ ।
ढोग गर्दा जप्नु पर्ने मन्त्र
नमो मञ्जु श्रीये
नमो सु श्रीये
नमो उत्तम श्रीये स्वाहा (तीन पटक)
लेखक
लामा केसाङ ह्योल्मो (गोविन्द)
Email : lamakesang508@gmail.com

Comments
Post a Comment