मञ्जुश्री बौद्ध तत्व ज्योतिष
मञ्जुश्री बौद्ध तत्व ज्योतिष लामा केसाङ ह्योल्मो (गोविन्द) बौद्ध ज्योतिषी चिपा सामन्यतय : बौद्ध ज्योतिषका मुल श्रोत कार्ची एवं नाग्ची/ ज्युङ्ची दुई वटा छन । कार्ची भगवान बुद्धद्वारा देशित कालचक्र ज्योतिष र स्वरोदय गरि दुई थरी छन । नाग्ची महामञ्जुश्रीले देशना गर्नु भएको तत्व ज्योतिष हो जसको केग्ची, केची, भाग्ची, नेची, शिन्ची प्रमुख पाँच वटा शाखा छन् । कालचक्र ज्योतिष विशेष गरि निरयण सौरवर्ष, सौरमास, सावन दिनको गणित ज्योतिषिय सिद्धान्तमा आधारित छन जसको आधारबाट सौर्य पात्रोको व्यवस्थापन हुन्छ र यसबाट राशी, ग्रह, नक्षत्र, ऋतु, काल, सुर्योदय, सुर्यस्त, मिति एवं तिथिहरुको जानकारी प्राप्ति हुन्छ । कालचक्र ज्योतिष अनुसार वर्षलाई प्रभवर्द, विभव, शुक्लत आदि नामबाट सम्बोधन गरिन्छ र ६० वर्षको १ प्रभव हुन्छ र पुन : प्रभव-विभव-शुक्लत आदि गणना गरिन्छ। यसको सिद्धान्त अनुसार १२ वटा महिना हुन्छ प्रत्येक महिनाको नाम हरेक महिनाको पुणिर्णामामा पर्ने नक्षत्र मघा, फाल्गुणी आदिबाट व्यवस्थित छन भने १२ महिनाक...