बौद्ध धर्म बज्रयाना बुद्धिजमको एक धेरै पवित्र रक्षात्मक यन्त्र

बौद्ध धर्म बज्रयाना बुद्धिजमको एक धेरै पवित्र रक्षात्मक यन्त्र हो। यसलाई गुरु रिन्पोछे सँग सम्बन्धित शक्तिशाली सुरक्षात्मक मन्त्र र विछीको प्रतीक मानिन्छ।



१. बिच्छी: तस्बिरको बिचमा दुईवटा बिच्छीको चित्रभित्र शक्तिशाली मन्त्र र पांग्रा चक्र कोरिएका छन्। तिब्बती बौद्ध परम्परामा बिच्छीलाई नराम्रो ऊर्जा, दुष्ट आत्मा, नकारात्मक दृष्टि (नजर) र हानि पुर्‍याउने शक्तिहरूलाई नष्ट गर्ने वा भगाउने शक्तिशाली प्रतीक मानिन्छ।

 २.  तिब्बती लिपिमा मन्त्र अनि  गुरु रिन्पोछे  र लामा जोपा रिन्पोछे द्वारा साझा गरिएको एक अत्यन्तै प्रभावकारी रक्षा मन्त्र हो।

 

  ३. यो मन्त्रको मुनिबाट आवतजावत गर्ने जोकसैको हजारौँ कल्प (जुग) सम्मको नकारात्मक कर्म शुद्ध हुन्छ। सम्पूर्ण परिवारको दीर्घायु, स्वास्थ्य र समृद्धि होस्। पवित्र धर्म अनुसार सबै इच्छाहरू पुरा हुन्।)

   

४. यो कहाँ राखिन्छ?

ढोकाको माथि  यसलाई प्रायः घर, कार्यालय, वा गुम्बाको मुख्य प्रवेशद्वार वा मूल ढोकाको ठ्याक्कै माथि टाँसिन्छ वा झुण्ड्याइन्छ। अनि आवतजावत गर्ने ठाउँमा प्राय मानिसहरू घरभित्र पस्दा र बाहिर निस्कँदा यो मन्त्रको मुनि (अन्तर्गत) भएर जाने गरी यसलाई मिलाएर राखिन्छ।


५. के को लागि प्रयोग गरिन्छ?

नकारात्मक ऊर्जा रोक्न र बाहिरबाट घरभित्र प्रवेश गर्न सक्ने नकारात्मक शक्ति, रोग, भूत-प्रेत, खराब नजर वा दुष्ट असरहरूलाई ढोकामै रोक्न यसको प्रयोग गरिन्छ। पाप तथा नकारात्मक कर्म शुद्धिका लागि: ढोकाबाट आवतजावत गर्ने क्रममा मानिसहरू यसको मुनिबाट जाने भएकाले उनीहरूको अन्जानमा भएका पाप र नकारात्मक कर्महरू निवारण होस् भन्नका लागि प्रयोग गरिन्छ।

६. यसको धार्मिक तथा आध्यात्मिक त्यति नै महत्त्व रहन्छ।

 १. कर्म शुद्धि: बौद्ध मान्यता अनुसार यो मन्त्र र चक्रको मुनिबाट मात्र हिँड्दा पनि हजारौँ जन्मका नराम्रा कर्म वा पापहरू पखालिन्छन् भन्ने विश्वास गरिन्छ।

 २. घरको सुरक्षा र शान्ति: यसले घरमा रहने सम्पूर्ण परिवारका सदस्यहरूलाई अकाल मृत्यु, रोग, दुर्घटना र बाधा-अड्चनहरूबाट बचाउँछ।

 ३. समृद्धि र दीर्घायु: यसले घरभित्र सकारात्मक ऊर्जा  ल्याएर परिवारमा दीर्घायु, राम्रो स्वास्थ्य, समृद्धि र शान्ति कायम गराउँछ।


मुख्यतया यो तस्बिर घरको मूल ढोकामा टाँस्ने एक शक्तिशाली बौद्ध सुरक्षा मण्डल/मन्त्र हो, जसले घर र परिवारलाई नेगेटिभ ऊर्जा बाट जोगाएर शुभ फल प्रदान गर्दछ।


लामा केसाङ ह्योल्मो (गोविन्द)

lamakesang508@gmail.com


Comments

Popular posts from this blog

बौद्ध धर्ममा फोवा Phowa འཕོ་བ་ को सम्पूर्ण जानकारी

तिब्बती ज्योतिष शास्त्र ( नाग्चि) मा पाँच महाभूत (पञ्चतत्त्व ) बीचको आपसी सम्बन्ध

मञ्जुश्री बौद्ध तत्व ज्योतिष