ग्याल्वा रिङा (पञ्च ध्यानी बुद्ध)

 ग्याल्वा रिङा (पञ्च ध्यानी बुद्ध)

पाँच ध्यानि बुद्ध र पाँच क्लेशको पाँच ज्ञानमा रूपान्तरण

वज्रयान बौद्ध दर्शनमा पाँच ध्यानि बुद्ध (पञ्च तथागत) ले बुद्धत्वका पाँच स्वरूप तथा पाँच प्रज्ञालाई प्रतिनिधित्व गर्छन्। यी पाँच बुद्धले हाम्रो चित्तमा रहेका पाँच प्रमुख क्लेशलाई पाँच शुद्ध ज्ञानमा रूपान्तरण गर्ने गहिरो अर्थ बोकेका छन्।



१. वैरोचन बुद्ध (मध्य) – धर्मधातु ज्ञान

अज्ञानतालाई धर्मधातु ज्ञानमा रूपान्तरण गर्नुहुन्छ। सम्पूर्ण धर्मको वास्तविक प्रकृति र शून्यताको बोध यस ज्ञानको सार हो।

२. अक्षोभ्य बुद्ध (पूर्व) – आदर्श दर्पण ज्ञान

क्रोध तथा द्वेषलाई आदर्श दर्पण ज्ञानमा रूपान्तरण गर्नुहुन्छ। जसरी ऐनाले कुनै भेदभाव नगरी सबै वस्तुलाई स्पष्ट देखाउँछ, त्यसरी नै यो ज्ञानले सम्पूर्ण वस्तुको वास्तविक स्वरूप स्पष्ट देखाउँछ।

३. रत्नसम्भव बुद्ध (दक्षिण) – समता ज्ञान

अहंकार तथा घमण्डलाई समता ज्ञानमा रूपान्तरण गर्नुहुन्छ। सबै प्राणी र घटनालाई समान दृष्टिले हेर्ने, भेदभावरहित तथा समभावपूर्ण चित्त यसको सार हो।

४. अमिताभ बुद्ध (पश्चिम) – प्रत्यवेक्षण ज्ञान

राग, आसक्ति तथा तृष्णालाई प्रत्यवेक्षण ज्ञानमा रूपान्तरण गर्नुहुन्छ। प्रत्येक वस्तुको विशिष्ट प्रकृति र गुणलाई स्पष्ट रूपमा छुट्याएर जान्ने प्रज्ञा नै यसको सार हो।

५. अमोघसिद्धि बुद्ध (उत्तर) – सर्वकर्मकृत ज्ञान

ईर्ष्या तथा डाहलाई सर्वकर्मकृत ज्ञानमा रूपान्तरण गर्नुहुन्छ। सबै प्राणीको हितका लागि कुनै अवरोधबिना कल्याणकारी कार्य सम्पन्न गर्ने प्रज्ञा यसको सार हो।


लामा केसाङ ह्योल्मो (गोविन्द)
Email : lamakesang508@gmail.com

Comments

Popular posts from this blog

बौद्ध धर्ममा फोवा Phowa འཕོ་བ་ को सम्पूर्ण जानकारी

तिब्बती ज्योतिष शास्त्र ( नाग्चि) मा पाँच महाभूत (पञ्चतत्त्व ) बीचको आपसी सम्बन्ध

मञ्जुश्री बौद्ध तत्व ज्योतिष